अब इन्टरनेट बिना नै ‘नमस्ते पे’ बाट विद्युत र खानेपानीको महसुल भुक्तानी

२ बर्ष अगाडि

नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रममार्फत कम्पनीले ‘नमस्ते पेुसेवा सुरु गरेको जनाकारी दिएको हो ।

सो सेवा सुरु भएसँगै ुनमस्ते पेुको मोबाइल एप, वेबसाइट र युएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । युएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सकिने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवा उपलब्ध हुनेछ ।

मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित ९ वटा बैंकको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।

अन्य बैंकबाट पैसा लोड गर्न क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ । बैंकसँग देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गर्न एजेण्ट नेटवर्क तयार गर्ने काम भइरहेको जनाएको छ ।

कम्पनीले सुरुवाती चरणमा एण्ड्रोइड मोबाइल सेटमा मात्र सो सेवा सुचारु गर्न सकिने जनाएको छ ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको सञ्चालन गर्न सकिनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया