टोयोटा र निशानको चाडपर्व लक्षित विभिन्न अफर, के के ?

२ बर्ष अगाडि

काठमाडौं, नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)ले चाडपर्व नजिकिएसँगै ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ आयोजना गरेको छ ।

कम्पनीले नेपालभर रहेका टोयोटा शोरुमहरुमा भदौ २८ देखि असोज ३ गतेसम्म उक्त एक्स्चेञ्ज कार्यक्रम संचालन गर्ने जनाएको छ ।

नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोजस्ता मोडलसँग पुरानो गाडी ल्याएर ग्राहकले एक्सचेन्ज गर्न सक्ने छन् । उक्त एक्सचेन्जमा ग्राहकले आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

त्यसैगरी पछिल्लो समय लोकप्रिय बन्दै गएको निशानलेपनि दशैं तिहार अफर सार्वजनिक गरेको छ ।

निशान किक्स गाडी किन्ने ग्राहकलाई २ लाख ५० हजारसम्म क्यास डिस्काउन्ट, एक बर्षका लागी निशुल्क इन्युरेन्स, रोडट्याक्स, र तीन बर्षका लागी सर्भिसिङ निशुल्क र वारेन्टी दिएको छ ।

त्यसै फोर्ड, एमजी, जिप,किया, महिन्द्र लगाएतका चारपाग्रे सवारी विक्रेता कम्पनीले चाडपर्व अफर ल्याउने क्रममा छन ।

२ बर्ष अगाडि

प्रतिक्रिया