देशभर साढे ६० लाख बढीले कोरोना विरुद्धको पहिलो मात्रामा खोप लगाए, २४ घण्टामा कति ?

२ बर्ष अगाडि

काठमाडौं, हालसम्म देशभर साढे ६० लाख बढीले कोरोना विरुद्धको पहिलो मात्रामा खोप लगाइसकेका छन् । 

जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर  ६० लाख ५७ हजार १९४ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ५४ लाख ७३ हजार १५१जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटले यस्तो देखाएको हो ।

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये पछिल्लो २४  घण्टामा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा १७ हजार १९४ जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ११ हजार ७२४ जनाले लगाएका हुन् ।

यस्तै, सोही अवधीसम्म भेरोसेलको पहिलो मात्रा लगाउने ३५ हजार ९८१ तथा दोस्रो मात्रा लगाउने ४५ हजार १०६ जना रहेका छन् । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या ८९४ रहेको छ । 

देशभर अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्राको खोप लगाउनेको संख्या २४ लाख ९३ हजार ३३३ रहेको छ भने दोस्रो मात्राको खोप लगाउने १४ लाख ४५ हजार ३४१ रहेको छ । 

यस्तै, भेरोसेलको पहिलो मात्राको खोप लगाउनेको कुल संख्या ३५ लाख ६३ हजार ८६१ तथा दोस्रो मात्रा लगाउनेको संख्या २६ लाख २७ हजार ६५५ रहेको छ ।

यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको कुल संख्या १४ लाख १४५ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया