यस्तो छ युट्युबको इतिहास ! कसरी यति धेरै लोकप्रिय ?

२ बर्ष अगाडि

काठमाडौं- सायदै ! पछिल्लो समय युट्युबको बारेमा थाहा नहुने व्यक्ति अपवादको रुपमा नै होलान् ।

२१ औँ शताब्दीको युगमा अहिले विश्वका लगभग सबैको हातमा स्मार्टफोन, कम्प्युटर जस्ता प्रविधिका साधनहरु रहेका छन् जसबाट हामी सजिलै युट्युबका बारेमा हेर्न र थाहा पाउन सक्छौं । झन पछिल्लो समय त युट्युब नेपाल जस्तो विकास उन्मुख देशका युवा वर्गको आर्थिक आम्दानीको साधन बन्न पुगेको छ । यसबाट कयौ युवाहरुले वर्षेनी लाखौँ आम्दानी गरेको कुराहरु पनि सुन्दै आएका छौं । पछिल्ला पिँडीहरुले बनाउँदै आएका भ्लगको माध्यमबाट झन नेपालको प्राकृतिक सुन्दरतालाई विश्वमाज पस्किन झन सजह भएको छ । कुनै बेला त झन हामीले नेपालको प्रकृतिले भरिका यस्ता दृश्य हर्ने मौका पाउँछौ जसले गर्दा हामी मात्र नभएर विश्व नै लाल्भित हुन बाध्य हुन्छ ।

सन् २०२१ को पछिल्लो डाटा अनुसार हाल विश्वभर युट्युबका २.३ विलियन प्रयोगकर्ता रहेका छन् । युट्युब गुगल पछिको संसारको सबैभन्दा लोकप्रिय वेबसाइट हो। विश्वका इन्टरनेट प्रयोगकर्ता मध्येमा ७९ प्रतिशतको युट्युब खाता( youtobe account) रहेको छ ।

के हो युट्युब र कसरी स्थापना भयो ?

युट्युब एक अमेरिकी भिडिओ साझेदारी सेवा हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए। नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ। 

करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए। तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले भिडिओ साझेदारी सेवाको विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो। तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए। पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए ।

सञ्चार माध्यमहरूमा बारम्बार दोहोरिएका सामग्रीहरू अनुसार हर्ली र चेनले सन् २००५ को सुरूमा, सान फ्रान्सिस्को स्थित, चेनको कोठामा भोज समारोहमा कैद गरेको भिडिओ साझा गर्नमा उनीहरूलाई समस्या भएको थियो जसले गर्दा उनीहरूले यसलाई थप विकास गर्ने निर्णय गरेका थिए।

युट्युब प्रविधिमुखी प्रारम्भिक अनलाइन सेवाको रूपमा स्थापना भएको थियोे । यसले सुरुवाती चरणमा, सेकुइया पूँजी कम्पनी मार्फत १ करोड १५ लाख लगानी प्राप्त गरेको थियो भने यसले नोभेम्बर २००५ देखि अप्रिल २००६ सम्म, आर्टिस पूँजी कम्पनी मार्फत ८० लाख अमेरिकी डलर प्राप्त गरेको थियो। युट्युबको प्रारम्भिक प्रधान कार्यालय, सान मातेओ क्यालिफोर्नियामा अवस्थित थियो। यसको ड‍ोमेन नाम युट्युब डटकम १४ फेब्रुअरी २००५ मा, सूचारू भएको थियो भने यसको वेबसाइटलाई अर्को महिना विकास गरिएको थियो। युट्युबमा प्रथम पटक, यसका संस्थापक जावेद करिमले ूमि एट द जुू शीर्षक राखेर भिडिओ सार्वजनिक गरेका थिए। दृश्य २३ अप्रिल २००५ मा, उर्ध्वभरण गरिएको थियो भने दृश्य हालसम्म पनि मञ्चमा उपलब्ध छ। २३े मे २००५ मा, युट्युबले सार्वजनिक परिक्षण संस्करणको प्रस्ताव गरेको थियो। अप्रिल २००५ मा, ब्राजिली फुटबल खेलाडी रोनाल्डिन्हो चित्रित नाइकीको विज्ञापनले १० लाख अवलोकन पार गर्ने प्रथम भिडिओ बनेको थियो।ृ२४े नोभेम्बर २००५ मा, सेकुइया पूँजी कम्पनी मार्फत ३० लाख पचास हजार लगानी प्राप्त गरेसँगै सेवा १५ डिसेम्बर २००५ मा, आधिकारिक रूपमा सुरु भएको थियो । तात्कालिक समयमा वेबसाइटले दैनिक रूपमा ८० लाख अवलोकन प्राप्त गरेको थियो।

के -कस्ता सामग्री समावेश हुन्छ त युट्युबमा ?

ट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्याङ्कन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ। उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ, टेलिभिजन कार्यक्रमका दृश्य, साङ्गीतिक भिडिओहरू, छोटो र दस्तावेज चलचित्र, श्रव्य सामग्री, चलचित्रकम झलक, प्रत्यक्ष प्रवाह, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओहरू जस्ता अन्य सामग्री समावेश गर्दछ।

युट्युबमा धेरैजसो सामग्री व्यक्तिद्वारा निर्माण गरिएका हुन्छन् तर सिबिएस, बीबीसी, भिभो, र हुलु लगायत मिडिया निगमले युट्युब साझेदारी कार्यक्रमको भागको रूपमा उनीहरूको सामग्रीहरू युट्युब मार्फत प्रस्ताव गर्दछन्। दर्ता नगरिएका प्रयोगकर्ताहरूले वेबसाइटमा भिडिओहरू हेर्न सक्दछन् तथापि, सामग्री थप्नका लागि यसमा खाताको आवश्यकता पर्दछ। जबकि दर्ता भएका प्रयोगकर्ताहरूले यसमा असीमित सङ्ख्यामा भिडिओहरू उर्ध्वभरण गर्न र भिडिओमा टिप्पणीहरू थप्न सक्दछन्। उमेर(प्रतिबन्धित भिडिओहरू हेर्नका लागि १८ वर्षको उमेरको कटेको पुष्टि गर्नु पर्ने हुन्छ जुन दर्ता गरिएको प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ।

युट्युब र छानिएका सिर्जनाकर्ताहरूले गुगल विज्ञापन मर्फत राजस्व सङ्कलन गर्दछन् जुन एक सेवा हो जसले वेबसाइटका सामग्री र दर्शकहरूको आधारमा विज्ञापनहरूलाई लक्षित गर्दछ। यसका धेरै जसो भिडिओहरू हेर्नका लागि शुल्क तिर्नु पर्दैन, तर अपवादहरूमा सदस्यता आधारित भुक्तान च्यानल, भाडाका चलचित्र, युट्युब सङ्गीत र युट्युब भुक्तान सहितका सदस्यता सेवा, विज्ञापन(रहितका सङ्गीतका लागि पैसा तिर्नु पर्ने हुन्छ।

फेब्रुअरी २०१७ सम्म, यसमा प्रत्येक मिनेटमा ४०० घण्टा भन्दा बढी सामग्री थपिएका थिए, र प्रत्येक दिन युट्युबमा एक अर्ब घण्टाका सामग्रीहरू हेरिएको थियो। उल्लेख गरिएको त्रैमासिक विज्ञापन राजस्वका आधारमा, युट्युबको वार्षिक राजस्वमा १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।


कसरी यूट्यूब यति लोकप्रिय छ ?

यो बुझ्न को लागि हामी यसको संख्या मा गहिरो नजर राख्नु पर्छ। (यूट्यूब, २०२१) १०० भन्दा बढी देशहरुमा छ। यसको मतलब यो प्लेटफर्म बिभिन्न बजारको बिभिन्न भाषाहरुमा अनुकूल छ।

वास्तवमा, यूट्यूब मा प्रकाशित भिडियोको बहुमत अंग्रेजीमा पनि छैनन्। एक सर्वेक्षण अनुसार लोकप्रिय युट्युब च्यानलहरु द्वारा पोस्ट गरिएका दुई तिहाई (६७ प्रतिशत) भिडियोहरु अन्य भाषाहरुमा छन्। बाँकी मध्ये, मात्र २८ प्रतिशत अंग्रेजीमा छन्, जबकि बाँकी पाँच प्रतिशत अंग्रेजी र अन्य भाषाहरुमा छन्।

व्यवसाय जगतमा यसको महत्व ?

यस्तै, ६२ प्रतिशत व्यवसायकहरुले आफ्ना विभिन्न साम्रगीहरु पोष्ट गर्न युट्युबको प्रयोग गर्ने गर्दछन् । पछिल्लो समय यसको बढ्दो लोकप्रियताले गर्दा पनि धेरै व्यवसायहरुले ग्राहकहरु संगको सञ्चारलाई अझै बलियो बनाउन युट्युबको प्रयोग गरेको पाइन्छ । 

व्यवसाय जगतमा यसको प्रयोगले वस्तुहररुको ब्रान्डको चर्चा मात्र गर्ने नभएर ग्राहकहरुको प्रक्रियाबाट बजारको सुक्ष्म अध्ययन गर्न सकिन्छ । युट्युब अपटेडबाट व्यवसायहरुले र्भपुर मात्रमा फाइदा लिन सक्दछन् । नयाँ व्यवसायहरुकालाई युटयुब आफना उत्पादनलाई बजार र ग्राहकहरु चिनाउने  पुार्‍याउने साधन बनेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया