१ सय १ प्वाईण्ट रगत संकलन गरेर जन्मदिन मनाए गुल्मेली युवाले

२ बर्ष अगाडि

आजभोली धेरै मानिसले आफ्नो जन्मदिनमा महंगो भोज, भतेर र उपहार आदानप्रदान गर्छन । तर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत एकजना स्वास्थ्यकर्मीले भने आफ्नो जन्मदिनमा १ सय १ प्वाईट रगत जम्मा गरेर स्वास्थ्यसंस्थालाई प्रदान गरेका छन् । 

गुल्मीको धुर्कोट गाउँपालिका ६ का भरत केसीले आफनो जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरि १ सय १ प्वाईट रगत जम्मा गरेका हुन । 

गुल्मी जिल्लाका अलवा बिभिन्न ठाउँबाट बुटबलमा उपचार गर्न आउनेका लागी रगत अभामा उपचार समस्या हुने भएकोले आफुले जन्म दिनको अबरमा यो रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको बताए । 

‘मेरोघर धुर्कोटकी एकजना बहिनिलाई थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो’, उनले भने, ‘यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेणा मलाइ मिलेको ले मैले यसरी सबैलाई आग्रह गरेर रक्तदान आयोजना गरेँ ।’ 

रक्तदान कार्यक्रममा नव शान्ति युवा क्लब अध्यक्ष भरत पुरी, होटल रेस्टुरेन्ट व्यवसायी संघका महासचिब माधब कुमार खनाल  समाज सेवी नरिश्वर पौडेल र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले अरुको जीवन बचाउने महान कार्य गरेकोमा केसीको प्रसंशा गर्दै यस्ता कार्यमा लाग्न सबैलाई आग्रह गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा सहभागी भै रगत दान गर्ने रक्तदातालाई भरत केसीले विशेष धन्यवाद दिएका थिए भने कार्यक्रमको संञ्चालन केशब खनालले गरेका थिए ।

केसीले गुल्मी जिल्लाबाट उपचारका लागि बुटवलमा आउने बिरामीलाई रगत व्यवस्थापन गर्न समस्या भएकोले त्यसको समाधानका लागि आफूले जन्मदिनमा रक्तदान कार्यक्रम आयेजना गरेको बताए । ‘खास गरी मैले म जन्मेको मेरो प्यारो जन्मभुमी धुर्कोट गाउँपालिका को नाममा रक्तदान कार्यक्रम गरेर मनाउने निर्णय गरेको हुँ’, उनले भने, ‘म मा जन्मभूमि प्रतिको माया सदभाव अथह छ त्यसैले जन्मभुमिप्रतिको नाममा र मेरो गाउँ बासिहरुलाइ समस्या पर्दा केहि सहज होस भनेर यो कार्यक्रम गर्ने निणय गरेको हुँ ।’

आफ्नो स्वर्गीय मेरो हजुरबुबाको प्रेणाले सामाजिक क्षेत्र रुचाउने र अहिले धेरै अग्रज हरुको प्रेणामा अरुको सेवामा समर्पित भएको उनको भनाई छ । र्त हुदै आएको छु ।

आफूले यसको बारेमा धुर्कोट गाउँपालिका अध्यष भुपाल पोख्रेललाई पनि जानकारी गराउँदा  युवाहरूले गरेका हरेक सामाजिक अभियानहरु मा मेरो साथ सहयोग रहने बताउँदै  शुभकामना दिएपछि आफूलाई अझै धेरै हौसला मिलेको केसीले बताए । 

१५ वर्षको उमेरदेखि नै रक्तदान गर्दै आएका केसीले विभिन्न किसिमका रचनात्मक सामजिक अभियानहरु, जनचेतना मूलक कार्यक्रम समेत गर्दै आएका छन् । ‘म मरेर गए पनि मेरो रक्तदानले जीवन पाएकाहरूले सम्झनेछन् त्यसैले सेवा नै धर्म हो सत्य देखाउनु नै मेरो कर्म हो’, उनी भन्छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया