नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, सक्रिय संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार कोरोनाबाट ११ जनाको  मृत्यु भए सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको हो । 

बिहीबार मृत्यु हुने सहित नेपालमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार २ सय ८ पीसीआर र ३ हजार ९७१ एन्टिजेन परीक्षणमा क्रमश १ हजार १६५ जना र ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया