कोरोना खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा, २७ लाख कर्मचारीलाई अनिवार्य लगाउन निर्देशन

असोज १, २०७८ | आजको अर्थ
ajaako_artha

एजेन्सी - कोरोना खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । 

सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । 

नयाँ नियम सबै चिकित्सक, नर्स, कार्यलयका कर्मचारी र स्वयंमसेवकमा लागू हुनेछ । सरकारको पछिल्लो निर्णयले स्वास्थ्य सेवामा नै असर पर्न सक्ने विज्ञहरुको भनाई छ । 

तर, स्वास्थ्यकर्मीमाथिको निलम्बन अस्थायी भएको फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले बताएका छन् । ‘अधिकांशले खोप लगाउन इच्छुक छन्,’ उनले भने । 

यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोले स्वास्थ्यकर्मीलाई १५ सेप्टेम्बरसम्म कम्तिमा एउटा खोप लगाउन वा राजीनामा दिन निर्देशन दिएका थिए । राष्ट्रपतिको घोषणापछि धेरैले खोप लगाए पनि अझै केही बाँकी थिए ।  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८