दशैंमा रिलिज हुदैं फिल्म ‘धन्दागिरी’,शुक्रबार ट्रेलर सार्वजनिक (भिडियोसहित)

२ बर्ष अगाडि

काठमाडौं, यस वर्षको दशैंमा नयाँ फिल्म रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदा हत्याउन शुक्रवार फिल्म ‘धन्दागिरी’ ले रिलिज डेट घोषणा गरेको छ । 
 
असोज २५ गते (फूलपातीको अघिल्लो दिन) लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले शुक्रवार ट्रेलर पनि सार्वजनिक गरेको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व। दीपक क्षेत्री, स्व। बिएस राणा लगायतको पनि अभिनय देख्न पाइन्छ ।
 
नरेन्द्र भट्टराईको कथा र निर्देशन रहेको फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया