वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधन हुन्छ : माधव नेपाल

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक रोजगार क्षेत्रका पेशागत समस्यालाई उचित ढंगले सम्बोधन गरिने आश्वासन दिएका छन् ।

पार्टी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको राजधानीमा शुक्रबार आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वैदेशिक रोजगार व्यवसायीका समस्या बेरोजगारीसँग जोडिएको भन्दै समाधानका लागि सरकारमा रहँदा पहल गर्ने बताए । 

उनले भने, 'सहज बनाइदिने काम सरकारले गर्नुपर्ने छ । समस्या थप गर्ने कानून बनाउन हुँदैन । अघिल्लो सरकारले प्रतिगामी साँठगाँठ गरेर व्यवसायीलाई समस्यामा पार्न कतिपय अवस्थामा पुर्वाग्रहपूर्ण निर्णय गरेको छ, त्यस्ता निर्णय  परिवर्तन गरिनेछ ।' 

उनले थपे, 'तर विपन्न अवस्थामा रहेका कामदारलाई नठग्न मेरो आग्रह छ । वैदेशिक रोजगारमा पठाउन २ लाख लिएकोमा जालझेल गरेर २६ लाख पुर्‍याएको पनि पाइएको छ । त्यस्तालाई निमिट्यान्न पार्न  प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्तारूढ गठबन्धनका सबै नेताहरूलाई भनेको छु । जनताको पीडाले पोल्नुपर्छ । शोषण गरेर होईन असल भएर पूँजीपति बन्नुपर्छ ।'

२ बर्ष अगाडि

प्रतिक्रिया