माओवादी निकट कर्मचारी संगठनमा उपाध्यक्ष र महासचिव सहित ५७ जनाले गरे बिद्रोह, एमालेमा प्रवेश

२ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिबाट  ५७ जनाले बिद्रोह गरेका छन्। संगठनका उपाध्यक्ष अम्बिका धमलाको नेतृत्वमा ३ जना उपाध्यक्ष, १ महासचिव, सचिव र सदस्य लगायत ५७ जनाले बिद्रोह गरी एमाले निकट नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश गरेका हुन् । 

पार्टीका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणी थापा माओवादी छाडेर एमालेमा प्रवेश गरेकोले उनीहरुको निकटरहेका कर्मचारी पनि एमाले निकट कर्मचारी संगठनमा प्रवेश गरेका हुन् । 

राष्ट्रिय कर्मचारी संगठनबाट बिद्रोह गरेकाहरुलाई शनिवार एमाले अध्यक्ष केपी शर्मा अ‍ोली, नेता रामबहादुर थापा बादल लगायतका नेताहरुले नेकपा निजामति कर्मचारी संगठनमा प्रवेश गराएका थिए। 

राष्ट्रिय कर्मचारी संगठनबाट विद्रोह गर्नेहरु तीनजना उपाध्यक्षमा अम्बिका धमला, शुभनारायण यादव र गोपाल प्रसाद सापकोटा छन् । त्यस्तै महासचिव प्रभास प्रसाद यादव पनि एमाले प्रवेश गरेका छन् । 

त्यस्तै लक्ष्मी भुसाल, मोहिदिन अन्सारी, गोकुलानन्द देव, देवी प्रसाद दाहाल, दिपक खड्का, सन्तोष झा, वेदराज भट्टराई, लेखबहादुर लम्साल, रामगगन यादव, भिष्म आचार्य, बेली पण्डित, ज्ञानेन्द्र शर्मा, शान्ता ओझा, सुशील तिमल्सिना, मणिराम पोखरेल, उमेश झा, सुनिता थापा, इन्द्र पौडेल, सफल शर्मा, शालिकराम सुवेदी, किरण अधिकारी, दिलवहादुर कोइराला, कृष्णदेव यादव, धर्म गुरागाई, समिता श्रेष्ठ, हरिशरण खड्का, रामहरी खड्का, मणिराम पोखरेल, टंकनाथ शर्मा, अशोक श्रेष्ठ, माधव थापा, अगमवहादुर कार्की, गणेश पुडासैनी, दाताराम तिमल्सिना, हिराबहादुर बलामी, बद्रीप्रसाद मण्डल, रामसेवक मण्डल, धनियाँ मण्डल, नविनकुमार थापा, श्याम परियार, सुरेन्द्र खड्का, लालबहादुर मोक्तान, डम्बर विक, पुरुषोत्तम रायमाझी, रामनारायण शर्मा, तारा पौडेल, तीर्थ जैशी, पवन ठाकुर, कृष्णकुमार कँडेल, सावित्रा भट्टराई, जानुका पोखरेल, भिषण चौलागाई पनि राकसं छाडेर निजामति कर्मचारी संगठनमा प्रवेश गरेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया