नेपाल बेलायतकाे 'रेड लिष्ट' बाट हटेन, प्रतिव्यक्ति १ हजार ४३० पाउन्ड थप भार

असोज २, २०७८ | आजको अर्थ
ajaako_artha

कोरोना संक्रमणका आधारमा  बेलायत सरकारले नेपाललाई लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ बाट नहटाएको समाचार सार्वजनिक भएको छ ।  

विभिन्न मुलुकलाई लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ शुक्रबार पुनरावलोकन गरेपनि नेपाललाई त्यसबाट नहटाएको हो । 

बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको थियो ।  त्यसलाई पुनराबलोकन गर्दै सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी  बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाएपनि नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा नै रहेको छ  । 

भारतलाई यसअघि नै रेड लिस्टबाट हटाइएको  बेलायतले यसपटक फेरी दक्षिण एसियाका चारवटा मुलुक रेड लिस्टबाट  हटाउँदा पनि पनि नेपाललाई अझै हटाएको छैन । दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान रेड लिस्टमा नै छन् । बेलायतको रेड लिस्टमा अझै चार दर्जन भन्दा बढी मुलुकहरु पर्दछन ।

यसअघि रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेकोमा आउँदो अक्टुबर ४ तारिखबाट भने ग्रीन र एम्बरलाई हटाएर रेड  मात्र कायम गरिने बेलायतका यातायात मन्त्री ग्रान्ट श्याप्सले बताए । 

यसैगरी रेड लिस्टबाहेकका मुलुकबाट बेलायत आउँदा दुवै डोज खोप लगाइसकेकाहरुले दुई दिनपछि पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । यसको सट्टामा सस्तो र सहज खालको प्रविधि मात्र लागू गरिनेछ । पीसीआर परिक्षण गर्ने कार्य झन्जटिलो र महँगो भएको भन्दै यसअघि विरोध गर्दै आएका पर्यटन व्यवसायीहरुले सरकारको यस निर्णयलाई स्वागत गरेका छन् ।

रेड लिस्टका मुलुकलाई आर्थिक भार

रेड लिस्टका मुलुकबाट बेलायत जानको लागि बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका बाहेकका नागरिकलाई प्रतिबन्ध गरिएको छ । बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्ति बेलायत आउँदा आफ्नै खर्चमा  ११ रात  तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात नेपाली रुपैयाँ तीन लाख ७२ हजार जति हुन आउँछ ।

११ वर्ष माथिकाले अतिरिक्त प्रतिव्यक्ति १ हजार ४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्नेछ । पाँच वर्ष मुनिकालाई निस्शुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना र जेल सजायको भागीदार हुनुपर्नेछ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोस्रो र आठौं दिनमा पीसीआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेस गर्नुपर्नेछ ।

तर, अध्ययनका लागि बेलायत आउने विद्यार्थीहरूका लागि भने अधिकांश विश्वविद्यालयद्वारा होटल क्वारेन्टिनबापतको रकम पचास प्रतिशतसम्म छुट दिने गरेको छ । नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८