यो जित मेरो मात्र होइन सबैको हो : ‘कमेडी च्याम्पियन-२’ का विजेता भरतमणि पौडेल

२ बर्ष अगाडि

काठमाडौं - शनिबार मध्य राति सम्पन्न कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को उपाधि हासिल गरेका भरतमणि पौडेलले आफुलाई उपाधि हात पार्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् । सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।

साथै अवको दिनमा आफुलाई सही बाटोमा हिड्न खबरदारी गर्ने जिम्मा समेत सबैको रहेको बताएका छन् । भरतमणि पौडेललाई शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । 

भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । 

जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया