आजबाट पुन सुरु हुदैँ आइपिएल, चेन्नई र मुम्बईको भिड्न्त

२ बर्ष अगाडि

काठमाडौं, इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) टि-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरू आइतबारबाट युएईमा सुरु हुँदैछ ।

कोरोना भाइरसको कारण स्थगित आइपिएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।

दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो ।

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले ८ खेलबाट १२ अंक जोडेको छ । आइपिएलमा अब ३१ खेलहरू बाँकी छन् । फाइनल खेल अक्टोबर १५मा हुनेछ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया