भारतमा पछिल्लो २४ घण्टामा ३० हजार बढीमा संक्रमण, हालसम्म  ८० करोड बढीमा कोरोना खोप

२ बर्ष अगाडि

काठमाडौं, भारतमा पछिल्लो २४ घण्टामा ३० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार भारतमा बितेको २४ घण्टामा ३० हजार ७७३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३४ लाख ४८ हजार १६३ पुगेको छ ।

यस्तै, सो अवधीसम्ममा भारतमा ३८ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । योसंगै भारतमा हालसम्ममा ३ करोड २६ लाख ७१ हजार १६७ जनाले कोरोना जितेका छन् । 

भारतमा हालसम्म ४ लाख ४४ हजार ८३८ जनाले कोरोनाका कारण जना गुमाएका छन् । पछिल्लो २४ मा भारतमा ३०९ जनाले ज्यान गुमाएका हुन् । 

यसैगरी,सो अवधीसम्म भारतमा २२ लाख ३४ हजार ५४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३३१ जनाले खोप लगाएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया