राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने, बोलकबोल कहिले ?

२ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष ६ गते परिपक्क हुनेछ । 

यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ । 

यसैगरी, ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असोज ४ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर मंगलबार (असोज ५ गते) बिक्री हुनेछ ।

6146fb8de600b.jpg

२ बर्ष अगाडि

प्रतिक्रिया