सोनू सूदमाथि २० करोड कर छलीका साथै फर्जी लेनदेन र अवैध विदेशी दानको आरोप

२ बर्ष अगाडि

काठामाडौं- अभिनेता सोनू सूदविरुद्ध २० करोडभन्दा बढी कर (ट्याक्स) छलीको आरोप लगाएको छ । 

आयकर विभागले उनको घर र अफिसमा छापा मारेपछि उनी र उनका सहयोगी विरुद्ध २० करोडभन्दा बढी ट्याक्स छलीका साथै फर्जी लेनदेन र अवैध विदेशी दानको आरोप लागेको बताएको छ । आयकर विभागले कथित कर छलीको आरोपमा मुम्बई, नागपुर र जयपुरमा सोनू सूदको विभिन्न संस्थामा गत हप्ता छापा मारेको थियो ।
 
कर विभागका अनुसार, सोनू सूदको संस्थामा छापाको क्रममा गैरकानूनी र आपत्तिजनक प्रमाण मिलेको र सोनू सूदको एक एनजीओलाई करीब २ करोड विदेशी चन्दा अवैध रुपमा मिलेको छ । उनले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आईटी विभागको आरोप छ । आयकर विभागले करीब २० घन्टा सोनू सूदको घर र अफिसमा छापा मारेको थियो ।
 
सोनू सूदको ‘सूद च्यारिटी फाउन्डेशन’ ले १ अप्रिल २०२१ देखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । तर, अहिलेसम्म यो पैसामध्ये १ करोड ९ लाख रुपैयाँ अलग(अलग कार्यमा खर्च भए पनि अझै १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा छ । कोरोनाकालमा मजदूरदेखि समस्यामा परेका व्यक्तिलाई मद्दत गरेपछि सोनू सूद निकै चर्चामा आएका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया