कारमा पनि फेस लक, अब अनुहार देखाएर ढोका खेल्न सकिने

२ बर्ष अगाडि

काठमाडौं, हुन्डाई मोटर ग्रुपको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा गरेको स्मार्ट कार जीभी६० मा फेस कनेक्ट टेक्नालोजीको प्रयोग गर्ने घोषणा गरेको छ मानिसको अनुहार पहिचान गरेरै कारको ढोका खोल्न सकिनेछ ।

आगामी सन् २०२२ को प्रारम्भमा बजारमा ल्याउने बताइएको यो गाडीमा भएको नयाँ प्रविधि निकै नै सानदार हुनेछ ।

फेस कनेक्ट टेक्नोलोजीमा प्रयोग हुने नियर इन्फ्रा रेड (एनआईआर) क्यामेराको प्रयोग गरी अँध्यारोमा पनि काम गर्नेछ र पहिले नै पहिचान भएको चेहरा हो वा होइन भन्ने पत्ता लगाउने छ । गाडीको ढोका खुले पश्चचात गाडीको सिट, स्टेयरिङ ह्विल, हेडअप डिस्प्ले, साइड मिरर र इन्फोटेनमेन्ट सिस्टम आदि आफै नै एड्जस्ट हुनेछन् ।

जेनेसिसको जीभी६० मा फिंगरप्रिन्ट सुविधा पनि उपयोग गर्न सकिने छ । बायोमेट्रिक स्क्यानर उपयोग गरी यसको प्रयोग गर्न सकिने छ । कारको भित्र चाबी छुटे पनि फिंगरप्रिन्ट प्रयोग गरी गाडीको ढोका खोल्न सकिने छ । त्यसैले चाबी नभएको अवस्थामा अनुहार देखाएर वा फिंगरप्रिन्ट प्रयोग गरेर दुवै तरिकाले ढोका खोल्न सकिने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया