कसरी सुरु भयो कागजी नोटको प्रचलन, कहाँ र कसरी छापिन्छ नेपाली रुपैयाँ ?

२ बर्ष अगाडि

काठमाडौं, हामी हर कोहीको आधारभूतदेखि सम्पूर्ण आवश्यकता पुरा गर्न पक्कै पनि पैसाको आवश्वयक पर्दछ । दैनिक जीवनयापन गर्न विश्वका सम्पूर्ण मानिसलाई पनि पैसाको आवश्यकता त पर्छ नै । तर कहिले सोच्नु भएको छ हामी प्रयोग गर्न नेपाली नोट तथा सिक्का कहाँ र कसरी छापिन्छ ?

वास्तवमा नेपालको मुद्रा रुपैयाँको नोट र सिक्का देश बाहिरको नोट तथा सिक्का छाप्ने कम्पनीमा छापिने गरेको छ। 

सिक्का र नोट छाप्न देशबाहिरका यस्ता भिन्नाभिन्नै कम्पनीलाई जिम्मा लगाइने गरिन्छ। विश्वमा यस्ता नोट छाप्ने कम्पनी लगभग २० वटा  रहेका छन्। तर नेपाल राष्ट्र बैंकले भने नेपाली नोट छाप्नको लागि गत आर्थिक वर्षमा १० कम्पनीलाई प्रि क्वालिफिकेसनमा सूचीकृत गरेको थियो ।२०७१ पौष २५ गते नेपाल राष्ट्र बैंकले १० वटा कम्पनीलाई सूचीकृत गरेको हो । प्रि क्वालिफिकेसनमा १० कम्पनी मध्ये इन्डोनेसियाको पेरुम पेरुरी, कम्पनीलाई नोट छाप्नको लागि जिम्मा लगाएको  स्रोतले जानकारी गराएको छ।

नेपालमा विसं. २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा नेपालमा कागजी नोटको प्रचलन सुरु भएको हो। नेपालले नोटको चलन चल्ती सुरु गरेपछि विशेषत बेलायत, होल्याण्ड अष्ट्रेलिया जस्ता देशमा पैसा छाप्दै आएको थियो।  

बेलायतको डिलारु करेन्सीमा नेपालले धेरैवर्ष सम्म नोट छापेको एक पुर्व गभर्नरले जानकारी दिए। केहि अघि बजारमा आएको प्लाष्टिकको नोट भने रिजर्ब बैंक अफ अष्ट्रेलिया मातहतको नोट प्रकाशन गर्ने कार्यालय  नोट प्रिन्टिङ अष्ट्रेलियाले छापेको थियो ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि नोट छाप्ने कम्पनी छ । पाँच वर्ष पहिले सम्म नेपालले भारतीय कम्पनीबाट नोट छापेको थिएन । तर पूर्व गभर्नर युवराज खतिवडाको पालामा भने भारतबाट समेत नोट छापिएको र त्यसको कागज गुणस्तरीय नभएका कारण पछि छाप्न छोडेको स्रोतको भनाई छ ।

त्यस्तै छिमेकी मुलुक चिनमा नेपालले सिक्का छाप्दै आएको छ । राष्ट्र बैंकले सिक्का चीन र दक्षिण कोरियाका सिक्का छाप्ने कम्पनीमा छाप्दै आएको छ। सिक्का छाप्नको लागि मिन्ट सेवा  भएको पैसा छाप्ने कम्पनीलाई जिम्मा लगाउनुपर्ने हुन्छ।

नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले एक पटक ग्लोबल टेन्डर आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै प्रि क्वालिफिकेसनको सूचीमा समाबेश गर्दछ ।

नोट छाप्न कसलाई  दिने भनेर निर्णय गर्नुपूर्व राष्ट्र बैंकले ति प्रि क्वालिफिकेसनमा परेका कम्पनीको टेक्नीकल र फाइनान्सियल रिपोर्ट हेरेर एक कम्पनीलाई छनौट गर्ने गर्छ ।टेक्निकल जजमेन्ट गर्दा कागजको क्वालिटी, सेक्युरिटी फिचर्स जस्ता विभिन्न कुरामा ध्यान दिइन्छ ।
फाइनान्सियल जजमेन्ट गर्दा भने कम  लागतमा पैसा छाप्ने कम्पनीलाई बढी प्राथमिकता दिने गरिन्छ।

यसरी छापेको नोट राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा ल्याएर राख्छ । तर छापिएका नोटको प्रिफेक्स नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दा सम्म त्यो नोटको मान्यता हुँदैन। राष्ट्र बैंकले बेलाबेलामा प्रिफेक्स नम्बर जारी गरेको सूचना बाहिर ल्याउने गर्दछ।

२ बर्ष अगाडि

प्रतिक्रिया