कुल १ करोड १७ लाख बढीमा कोरोना विरुद्धको खोप, बितेको २४ घण्टामा २१ हजार ३६० जनामा

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा २१ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । योसंगै पहिलो र दोस्रो मात्राको खोप गरि कुल १ करोड १७ लाख ८२ हजार १८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

हालसम्म मुलुकभर  ६२ लाख ३ हजार ३१६ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ५५ लाख ७८ हजार ८८५ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटले यस्तो देखाएको हो ।

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये पछिल्लो २४  घण्टामा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा २ हजार ३०५ जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ९५४ जनाले लगाएका हुन् ।

यस्तै, सोही अवधीसम्म भेरोसेलको पहिलो मात्रा लगाउने २ हजार ७५ तथा दोस्रो मात्रा लगाउने १३ हजार ९७५ जना रहेका छन् । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या २ हजार १०१ रहेको छ । 

देशभर अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्राको खोप लगाउनेको संख्या २६ लाख १ हजार ३२० रहेको छ भने दोस्रो मात्राको खोप लगाउने १४ लाख ६४ हजार १११ रहेको छ । 

यस्तै, भेरोसेलको पहिलो मात्राको खोप लगाउनेको कुल संख्या ३६ लाख १ हजार ९९६ तथा दोस्रो मात्रा लगाउनेको संख्या २७ लाख ५ हजार १११ रहेको छ ।

यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको कुल संख्या १४ लाख ९ हजार ६४३ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया