नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्युब आयल निगमको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको थियो ।

लाभाश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारसभामा सहभागि हुन र लाभाश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

 

२ बर्ष अगाडि

प्रतिक्रिया