इजरायल रोजगारी : अंग्रेजी भाषा परीक्षामा उत्तीर्णमध्ये १८६ जनाको तौल र उचाइ पुगेन

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि भएको अंग्रेजी भाषा परीक्षामा उत्तीर्णमध्ये १ सय ८६ जना कम तौल तथा कम उचाइका पाइएको जनाएको छ ।

४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले रोजगारीका लागि आवेदन दिएकोमा ७ हजार ९ जनाले अंग्रेजी भाषाको लिखित परीक्षा दिएका थिए । त्यसमध्ये २ हजार ३९ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । 

विभागकाका अनुसार भाषा परीक्षा उत्तीर्ण तथा तौल र उचाईको मापदण्ड पूरा गर्नेहरूको शुक्रबारदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक सीप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा तोकिएको उचाई र तौल सम्बन्धी मापदण्ड परीक्षण भएको हो । 

परीक्षणमा १ सय ८६ जना कम तौल तथा कम उचाइका पाइएका हुन् ।इजरायलले लैजाने एक हजारमध्ये  विभागले १ हजार ४ सय जनालाई उत्तीर्णको सूचीमा राख्ने बताएको छ । सूचीमा पर्नेमध्ये ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष लैजाने छ ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया