मलेसियामा एक नेपाली कामदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका एक नेपाली कामदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । 

आइतबार बिहान करिब ४ बजेको समयमा सल्यानका गोविन्द खनालको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै ठाउँको ठाउँ मृत्यु भएको हो । उनी अवैधानिक हैसियतमा कार्यरत रहेको सहकर्मीहरूले बताएका छन् ।

अत्याधिक गतिका कारण मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलको पछाडिको सिटमा बसेका देवबहादुर मगर गम्भीर घाइते भएको जनाइएको छ । 

मृतक खनालको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको र घाइते मगरको उपचार साहआलमा रहेको एक स्थानीय अस्पतालमा भैइरहेको जनाइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया