३० लाख ६५ हजार लागतमा पुल निर्माण सम्पन्न, स्थानीय खुसी

२ बर्ष अगाडि

अर्घाखाँची - अर्घाखाँचीको शीतगंगा नगरपालिका-११ को महुवाबारीमा कपिलवस्तु जोड्ने पुल बनेपछि स्थानीय खुसी बनेका छन् । 

बीच बाटोमा खोला पर्दा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ को मसुर गाउँ र अर्घाखाँचीको शीतगंगा-३ को महुवाबारी, लुग्रीलगायतका गाउँका १५० परिवार बर्खाको समयमा यात्रा गर्न समस्यामा पर्ने गरेका थिए ।

पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज हुने शीतगंगा नगरपालिका-११ का वडा अध्यक्ष कपिल आलेले बताए । पुल बनेसँगै विद्यालय जान, बिरामी हुँदा उपचार गर्न, किनमेल गर्न जान सहज भएको स्थानीयले बताएका छन् । 

पुल नहुँदा अर्घाखाँचीका १५० र कपिलवस्तुका ३०० भन्दा बढी घरले सास्ती खेप्दै आएका थिए । ३० लाख ६५ हजार रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया