चार स्थानीय तह कोरोनामुक्त, कुन-कुन ?

२ बर्ष अगाडि

काभ्रे - काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । 

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको  जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । 

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको हो । आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । 


    

२ बर्ष अगाडि

प्रतिक्रिया