विश्वमा घट्न थाल्यो कोरोना : पछिल्लो २४ घण्टामा साढे ३ लाखमा कोरोना पुष्टि, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ९५५ जना संक्रमित थपिएका छन् । यो सँगै २२ करोड ९२ लाख ६० हजार ५६३ पुगेको छ । 

दुई दिनमा विश्वभर कोरोना संक्रमितको संख्या केही घटेको छ । यसअघि दैनिक संक्रमितको संख्या आइतबार साढे ४ लाख र शनिबार ५ लाखको हाराहारीमा थियो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ७०८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४७ लाख नाघेको छ । भने हालसम्म् २० करोड ५८ लाख ७८ हजार मानिस निको भइसकेका छन् ।

थपिनेमध्ये सबैभन्दा धेरै अमेरिकामा ३२ हजार ६३८, भारतमा ३० हजार ८०९, बेलायतमा २९ हजार ६१२, टर्कीमा २६ हजार ३९८ जना रहेका छन् । यसैगरी रुसमा २० हजार १७४ जना र ब्राजिलमा ९ हजार ४५८ संक्रमितको पहिचान भएको छ ।

दैनिक मृत्यु हुनेको संख्या रुसमा सबैभन्दा धेरै रहेको छ । त्यहाँ ७९३ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ३९१ जना, अमेरिकामा ३०९, भारतमा २९६, ब्राजिलमा २३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया