अरुण भ्यालीले लाभांश र हकप्रद शेयर पारितका लागि डाक्यो साधारण सभा,  बुक क्लोज कहिले ?

२ बर्ष अगाडि

काठमाडौें- अरुण भ्याली हाइड्रोपावरले असोज २४ गते बिहान ११ बजे साधारण सभा बोलाएको छ । 

कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसका लागि कम्पनीले सभा प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गरिने भएको छ । 

यसर्थ, असोज १० गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया