घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

हिजो आइतबार प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया