आईपीओ निष्कासनको तयारीमा दोर्दी खोला,असोज ६ गते हुदैँ साधारण सभा

२ बर्ष अगाडि

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा असोज ६ गते (बुधबार) हुने भएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा जुम मार्फत बिहान ११ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । दोर्दीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको छ । 
 
यस कम्पनीले १०० रुपैयाँ दरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । दोर्दीले आइपीओ ल्याउन रेटिङ गराइसकेको छ ।
 
रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोलाको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यस कम्पनीले लम्जुङ जिल्लामा १२ मेगावटको दोर्दी १ हेप आयोजना निमार्ण गरिरहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया