बजेट पारित, सरकारको खर्च गर्ने बाटो फुक्यो

२ बर्ष अगाडि

काठमाडाैं,विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेखि सरकारले राज्य कोषबाट खर्च गर्न पाएको थिएन् । विधेयक पारित भएपछि सरकारले खर्च गर्न पाउने भएको छ ।

विधेयक पारित नभएपछि सरकारको खर्च रोकिएको थियो । जसलाई अर्थशास्त्रीय भाषामा ‘बजेट होलिडे’ भनिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया