कसरी गर्ने आगोले पोलेको ठाउँमा घरेलु उपचार ?

२ बर्ष अगाडि

काठमाडौं - हामी अधिकांश चोट लाग्दा सबैभन्दा अगाडि अस्पताल वा मेडिकल हल खोज्नतिर लाग्छौं । तर, कुनै चोट यस्ता हुन्छन् जसलाई जतिसक्दो चाँडै उपचार गरिहाल्नुपर्छ ।

दैनिक क्रियाकलाप गर्दा होस् वा अन्य कुनै काम गर्दा हामीलाई आगोले पोल्ने गर्छ । तर हामी मध्ये कतिपयलाई आगोले पोली हालेमा के गर्ने भन्ने ज्ञान नहुन सक्छ । आगोले पोलेमा तत्काल घरेलु प्राथमिक उपचार गरिहाल्नुपर्छ ।

कसरी गर्ने त पोलेको ठाउँमा घरेलु प्राथमिक उपचार ?

बर
बरको हरियो मुन्टा, कोपिला वा पातलाई पोलेर त्यसको खरानीमा गाईको दूधको तर वा नरिवलको तेल मिसाई पोलेको घाउमा दिनमा ३ देखि ४ पटक लगाउनेले घाउ सन्चो हुन्छ । 

घिउकुमारी
तुरुन्त शरीरबाट लुगा र गहनाहरू फुकाल्ने र पोलेको ठाउँमा कम्तिमा १५ देखि २० मिनेटसम्म धाराको चिसो पानी खन्याउने । घिउकुमारीको रस निकालेर लगाउनाले आगोले पोलेको घाउ निको हुनुका साथै आराम मिल्छ ।

आलु 
काँचो आलु कुटेर लेप बनाई लगाउँदा पोलेको सन्चो भई फोका उठ्न दिदैँन । 

गोलभेडा
साबुनलाई गोलभेँडाको रसमा मिसाएर मलम बनाई लगाउनाले पोलेको सन्चो भई फोका उठ्न दिदैन । 

बयर 
गाउँ घरमा पाइने बयर पोलेर त्यसको खरानी तेलमा मिलाएर लगाए पनि पोलेको घाउ ठिक हुन्छ ।

सोडा
बेकिङ सोडा स्बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण शरीरको कुनै पनि ठाउँमा बेकिङ सोडापानीले सफा गर्नु राम्रो हुन्छ ।

दही
दहीलाई पोलेको ठाउँमा लगाएमा पनि यसले चिसो प्रदान गर्नुका साथै आराम पनि दिन्छ । 

मह
मह एक प्रकारको प्राकृतिक औषधि हो । यसले पोलेको ठाउँमा दुखाई कम गर्न मद्दत गर्छ ।


 
 

२ बर्ष अगाडि

प्रतिक्रिया