पोखरा फाइनान्सको दुई नयाँ शाखा सञ्चालनमा, कहाँ-कहाँ ?

२ बर्ष अगाडि

काठमाडौं - पोखरा फाइनान्स लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले बाँकेको नेपालगञ्ज वडा नं. १ धम्बोजी र कोहलपुर वडा नं. ११ कोहलपुर चोकमा २३ औं र २४ औं शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको लागी विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्य अनुरुप नेपालगञ्ज र कोहलपुरमा नयाँ शाखाहरु खोलिएको फाइनान्सले जनाएको छ ।

यस शाखाहरु मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, डिम्याट, मोवाइल बैकिङ, सिआस्वा, आइपिएस, चेक क्लियरिङ रेमिटेन्स लगायत अन्य आधुनिक बैकिङ सेवाहरु प्रवाह गरिने फाइनान्सले जनाएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया