कसरी चिन्ने नक्कली नोट ?

२ बर्ष अगाडि

काठमाडौं - अहिले नेपाली बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला पर्न थालेको छ । अहिले तुलनात्मक रुपमा नक्कली नोट फेला परेको समाचार बढि आउन थालेको छ ।  चाडपर्वको बेला पैसामाथि धेरै ध्यान दिने नगर्दा सक्कली नोटको बीचमा नक्कली नोट मिसाउने गरेको पाइन्छ । रुपियाँ लिँदा राम्ररी हेरेर लिन बैङ्क तथा प्रशासनले आग्रह गरेको छ ।

विषेश गरि नक्कली नोटको दायाँ भागको सेतो खाली भागमा लालीगुराँसको पानी छाप हुँदैन । यस्तै सक्कली नोटमा रहेको चाँदीको रेखा नेर एमआरपी भनेर लेखिएको हुन्छ तर नक्कलीमा त्यो लेखिएको हुँदैन । सक्कली नोटमा चाँदीको रेखा झैँ देखिने झिलझिले माथिदेखि तलसम्म हुन्छ तर नक्कलीमा त्यो रेखा हुँदैन ।

यसैगरी सक्कली नोटमा बायाँ भागमा भगवतीको चित्र हुन्छ, जुन हातको औँलाले छुँदा प्रस्ट थाहा हुन्छ । तर, नक्कली नोटमा त्यो चित्र छुँदा पत्ता लाग्दैन । नक्कली नोटको आकार सक्कली भन्दा केही सानो हुन्छ । 

सक्कली नोटको रङ उज्यालो र कडा खालको हुन्छ तर, नक्कली नोटको रङ हल्का र खुइलिएको जस्तो देखिन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया