मेसीलाई सम्भावित चोटबाट बचाउन सब्सिच्युट गरिएको हो : पीएसजी प्रशिक्षक

२ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च लिग वानमा लियोनल मेसी गोल गर्न सकेनन् । पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए । 

त्यतिमात्र हैन पीएसजीको घरेलु मैदानमा पहिलो पटक उनी उत्रिएका थिए । त्यो खेलमा गोल गर्न नसक्दा उनका फ्यान निराश भए । त्यो भन्दा पनि चित्त मेसीले आफूले नै दुखाए । त्यसको कारण हो उनी दोस्रो हाफमा मैदान बाहिर जानु पर्यो । 

७६ औं मिनेटमा मैदानबाट बाहिर निस्कदै गर्दा उनी प्रशिक्षक मौरिसियो पोचिटिनोको निर्णयमा असन्तुष्ट देखिए । प्लेयर बक्समा पुगेर पनि उनी निराश देखिए । अहिले पेरिस सेन्ट जर्मन ९पीएसजी०को टोलीमा धेरै अन्योल देखिएको छ । 

प्रशिक्षक माउरिसिओ पोचेचिन्होले ७६ औं मिनेटमा मेस्सीको स्थानमा अश्रफ हाकिमीलाई मैदान प्रवेश गरेका थिए । मैदान छाडेर बेञ्चतिर अघि बढ्दा अर्जेन्टिनी स्टार मेस्सीको अनुहारको भावभंगीले प्रशिक्षकको निर्णयले अन्योलमा परेको प्रश्न देखिन्थ्यो ।

त्यो समयमा पीएसजी लियोनसँग बराबरीको अवस्थामा थियो । तर इन्जुरी टाइममा गोल गर्दै हकिमीले जित मात्र दिलाएनन्, पोचेचिन्होको निर्णयलाई सही सावित गरे ।

पीएसजीका लागि तेस्रो खेल खेलिरहेका मेस्सीले खेलको पहिलो हाफमा राम्रो खेलेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफको शुरुमै लियोनले गोल गर्‍यो भने ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पीएसजीका नेइमारले बराबरी गोल फर्काए ।

खेलपछि पीएसजीका प्रशिक्षक माउरिसिओ पेचटिन्होले मेस्सीलाई सब्सिच्युट गर्ने निर्णयबारे स्पष्टीकरण दिएका छन् । ‘हामीले मेसीलाई बाहिर निकाल्ने निर्णय सम्भावित चोटबाट बचाउन गरेका थियौं । किनकि आगामी दिनमा निकै महत्वपूर्ण खेल खेल्न बाँकी छ र हामीले उनलाई चोटबाट बचाउनु पर्छ,’ उनले भने ।

यसै सिजन स्पेनिश क्लब बार्सिलोना छाडेर पीएसजी आएका ३४ वर्षे मेसीले पीएसजीबाट तीन खेल खेलेका छन् । पीएसजी लिगमा ६ खेलबाट शतप्रतिशत जितसहित १८ अंकबाट शीर्ष स्थानमा छ । तर मेसीको चिन्ता कायमै छ । 

पीएसजीले अब च्याम्पियन्स लिग खेल्नेछ । जसलाई जित्नु नै उसको लक्ष्य हो । मेसीको प्रयोग बढी च्याम्पियन्स लिगमा हुनेछ । मेसी छ पटकका बालोन डे’ओर विजेता हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया