सबैभन्दा लामो रेञ्जको इलेक्ट्रिक कार सेडान एयर ड्रिम एडीसन सार्वजनिक, सेयर बजारमा उछाल

२ बर्ष अगाडि

सिंगल चार्जमा लगभग ८३० किमीको रेन्ज प्रदान गर्ने सेडान कार एयर ड्रिम एडिसन सार्वजनिक भएको छ । अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले सबैभन्दा लामो रेन्जको पहिलो लक्जरी इलेक्ट्रिक कार सेडान एयर ड्रिम एडिसन सार्वजनिक गरेको हो ।  

अमेरिकामा ८३० रेन्ज भनेको अहिलेसम्मको सबैभन्दा धेरै रेञ्ज मानिएको टेस्ला मोडेल एस लङको रेन्ज भन्दा लगभग २०० किमी बढी हो । टेस्लाको रेञ्ज ६५१  किमी छ । कारको यो रेन्ज अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ९इलेक्ट्रिक वाहनको आधिकारिक रेन्ज प्रमाणित गर्ने निकाय० द्वारा प्रमाणित गरिएको हो । 

एयर ड्रिम एडिसनले दिने रेन्ज कुनै पनि इलेक्ट्रिक सवारीको लागि नयाँ रेकर्ड भएको लुसिड मोटरका सीईओ पिटर राउलिन्सन बताए । उनी टेस्ला मोडलका एस सेडानका पूर्व मुख्य इन्जिनियर थिए । लुसिड एयर ड्रिम एडिसनको आधिकारिक रेन्जको रिलिज पछि कम्पनीको शेयरमा पनि उछाल देखिएको छ ।

लुसिड एयर ड्रिम एडिसन २ भेरिएन्ट रेन्ज र परफर्मेन्समा उपलब्ध रहेको छ । पर्यावरण संरक्षण एजेन्सी ९ईपीए० द्वारा घोषित ८३६ किलोमिटर रेन्ज कम्पनीको ड्रिम एडिसन रेन्ज भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा १९ इन्चको ह्वीलले सुसज्जित छ । त्यस्तै गरी १९ इन्चको ह्वीलको साथमा लुसिड एयर ड्रिम एडिसन परफर्मेन्स भेरिएन्ट ७५८ किलोमिटरको रेन्ज प्रदान गर्छ । यी दुबै भेरिएन्टमा २१ इन्च ह्वीलको विकल्प रहेको छ ।

कम्पनीको योजना ५०० भन्दा कम एयर ड्रिम एडिसन इलेक्ट्रिक लक्जरी सेडान बनाउनु हो । यस इलेक्ट्रिक कारको मूल्य करिव २ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यसमा ग्रान्ड टुरिङ भर्सन पनि हुनेछ र त्यसमा पनि लगभग ८३० किलोमिटरको रेन्ज उपलब्ध हुनेछ । दोस्रो भेरिएन्टको उत्पादन यस वर्षमा सुरू हुनेछ र यसको मूल्य १ करोड ६० लाख रुपैयाँ भन्दा थोरै बढी हुने अनुमान गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया