विद्युत् आधुनिकीकरणका लागि एडीबीले थप्यो ६ करोड डलर ऋण

२ बर्ष अगाडि

नेपालमा विद्युत् ग्रीड आधुनिकीकरण परियोजनाका लागिग एसियाली विकास बैंक (एडीबी)ले थप ६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

पहिलोपटक नोभेम्बर,  २०२० मा स्वीकृत भएर नेपालको प्रसारणलाइन र वितरण प्रणालीको स्तरोन्नति भइरहेको उक्त परियोजनाका लागि एडीबीले ऋण थपेको हो ।  

थपिएको लगानीले नेपालगञ्ज–कोहलपुर र चोभार –लगनखेल १३२ केभी प्रसारणलाइन निर्माण हुने बताइएको छ । यसका अतिरिक्त दुम्कीवास, लगनखेल, मुलपानी र नेपालगञ्ज सबस्टेशनको क्षमता ४७७ एम्पियर मेगाभोल्ट पुग्नेछ ।

अहिलेसम्म परियोजनाले देशभर ३४ ग्रीड सबस्टेशनको स्तरोन्नति गर्ने, काठमाडौँमा स्मार्ट मिटर वितरण, १४४ किमी लामो प्रसारणलाइनलाई स्तरोन्नति र नयाँ ११३ किमी प्रसारणलाइन समेत निर्माण गर्ने काम गरिरहेको छ । वितरण प्रणाली कमाण्ड र नियन्त्रण केन्द्र पनि विकास हुनेछ ।

यस परियोजना अन्तर्गत यसमा व्यवसायका महत्वपूर्ण अङ्गहरू ९योजना, इन्भेन्ट्री खरिद, बिक्री, मार्केटिङ्ग, फाइनान्स र मानवस्रोत० लाई एकीकृत गर्ने इआरपी प्रणाली लागू गरी प्रणाली सुरक्षा र संस्थागत क्षमता सुदृढीकरण गर्ने बताइएको छ ।  

‘एडीबीले नेपालमा विश्वनीय, कुशल र दीगो विद्यत् आपूर्तिका लागि थप लगानी गरेको,’ एडीबीको दक्षिण एसियाका लागि प्रमुख उर्जा विशेषज्ञ जीवन आचार्यले बताए, ‘थप लगानीले प्रसारण र वितरण सञ्जालको थप विस्तार, सशक्तीकरण र आधुनिकीकरणमा मद्दत गर्नेछ र नेपालले लक्ष्य गरे अनुसार सन् २०२६ सम्म देशको प्रतिव्यक्ति उर्जा खपत ७०० किलोवाट प्रतिघण्टा पुग्नेछ ।’
 

२ बर्ष अगाडि

प्रतिक्रिया