‘जुत्ता एक्सचेन्ज मेला’ सुरु, नयाँ जुत्ता खरिद गर्दा २५ प्रतिशतसम्म छुट

२ बर्ष अगाडि

काठमाडौं,महान चाड दसैँतिहारलाई लक्षित गर्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित जुत्ता पसलहरुमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु भएको छ। 

विगतका वर्षझैँ यस वर्ष पनि ग्राहकलाई सुपथ मूल्यमा जुत्ता उपलब्ध गराउने उद्देश्यका साथ जुत्ता एक्सचेन्ज मेला सुरु गरिएको व्यवसायीहरू बताउँछन् ।

जुत्ता एक्सचेन्ज मेलामा विशेष गरेर भेनस, फुट स्टेप र एटिएम सुज साथै अन्य थुप्रै ब्रान्डका जुत्ता उपलब्ध छन्। आफूलाई प्रयोग नहुने जुत्ता रु ५०० को दरले सजिलै बिक्री गर्नुका साथै अन्य जुत्तासँग एक्सचेन्ज गर्न सकिन्छ। दसैँभरि चल्ने जुत्ता एक्सचेन्ज मेलामा नयाँ जुत्ताहरु खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाइन्छ। 

जुत्ता एक्सचेन्ज मेलामा जुत्ता खरिद गर्न उपस्थित एक ग्राहकका अनुसार गुणस्तरीय जुत्ता सस्तो मूल्यमा किन्न सकिने भएकाले जुत्ता किन्न आएको बताउँछन्। 
 

२ बर्ष अगाडि

प्रतिक्रिया