१ हजार ९५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु र निको हुनेको संख्या कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं- सोमबार देशभर १ हजार ९५ जना संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् ।  

यस्तै, बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया