किशोर उपन्यास ‘उज्यालोको रङ’ बजारमा

२ बर्ष अगाडि

काठमाडौं । नेपाली कविता, आख्यान र बालसाहित्यमा परिचय बनाएका जानुका खतिवडाको किशोर उपन्यास ‘उज्यालोको रङ’ प्रकाशन भएको छ ।

किशोरहरुका लागि पुस्तक प्रकाशन गरिनुपर्ने आवाज उठिरहेका बेलामा ‘उज्यालोको रङ’ बजारमा आएको छ ।

उपन्यासकार खतिवडाका अनुसार ‘उज्यालोको रङ’ एक किशोरीको सङ्घर्षको कथा हो । जीवनमा आइपरेका कैयन् दुःखबाट कत्ति पनि विचलित नभइकन साहस र विवेक प्रयोग गर्ने किशोरीको कथा । उपन्यास सामाजिक र लैङ्गिक विभेद, अन्याय र कुसंस्कारविरुद्ध लड्ने चौध वर्षकी मायाजस्ता किशोरीको उदाहरणीय सङ्घर्षमा केन्द्रित छ।

किशोर उपन्यास भइकन पनि बालबालिका एवम् प्रौढ पाठकले पनि उपन्यास रुचाउने छन् ।कलम प्रकाशनले प्रकाशित गरेको ‘उज्यालोको रङ’को मूल्य २५० रुपैयाँ रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया