नेप्से तेहेरो अंकले ओरालो लाग्दा पनि ८ कम्पनी नाफामा

२ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से तेहेरो अंकले ओरालो लाग्दा पनि विभिन्न ८ कम्पनीका लगानीकर्ताले भने मनग्ये पैसा कमाएका छन् । नेप्से परिसूचक ११४ अंकले घटेर २६९८.२४ विन्दुमा आईपुग्दा पनि एउटा कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा पुग्यो भने अन्य ७ कम्पनीको पनि शेयर कारोबार बढ्यो । 

सोमबारको बजारमा सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । मनकामनाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

त्यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २.०४ प्रतिशत, लक्ष्मी लघुवित्तको १.९९ प्रतिशतले बढ्यो । हुनेमा सनराईज बैंक डिबेन्चर, नविल ब्यालेन्स फण्ड, नविल डिवेन्चर, सानीमा बैंक डिबेन्चर र नयाँसाथी लघुवित्तको सेयरपनि एक प्रतिशतभन्दा कम अंकले बढेको छ ।  सोमबारको कारोबारमा सनराईज बैंक डिबेन्चर ०.९५ प्रतिशत, नविल ब्यालेन्स फण्ड ०.६३, नविल डिवेन्चर ०.४९, सानीमा बैंक डिबेन्चर ०.१९ र नयाँसाथी लघुवित्तको सेयर ०.१४ प्रतिशतले बढेको छ । 

कारोबारका हिसाबले सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँको सेयर कारोबार भएको हो । 

त्यस्तै हिमालयन डिस्टिलरी, नबिल बैंक, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआसी एशिया बैंक, अरुण काबेली पावर कम्पनीको, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया