आकर्षक तलब सहित दुबईको एक कम्पनीमा १८८ पुरुष कामदारको माग, के के छन् सुविधा ?

असोज ४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं,  दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको रिहादा सहरमा रहेको RIADA COMPANY FOR CLEANING AND MAINTANANCE ONE PERSON  कम्पनीले १८८ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार  माथि पाउनेछन् । इच्छुक कामदारले R.P. International Consultancy P.ltd को कार्यालय विशाल बजार चोक काठमाडौंमा असोज ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८