नेप्सेले गर्‍यो सूचीकृत कम्पनीहरुको वर्गीकरणमा पुनरावलोकन

२ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरणमा पुनरावलोकन गरेको छ।

नेप्सेले गत साउन २९ गते सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको थियो। यसरी वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको थियो।सोही आधारमा परेका आवेदनअनुसार नेप्सेले वर्गीकरण पुनरावलोकन गरेको हो।

नेप्सेले वर्गीकरण पुनरावलोकन गर्दै प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ‘ए’ समूहमा राखेको छ। यसअघि नेप्सेले यी बैंकलाई ‘जेड’ समूहमा राखेको थियो।  

त्यस्तै नेप्सेले वर्गीकरण पुनरावलोकन गर्दै गुडविल फाइनान्सलाई समूह ‘बी’ र ग्रिन डेभलपमेन्ट बैंकलाई समूह ‘जेड’ मा राखेको छ। यसअघि गुडविल फाइनान्सलाई पनि नेप्सेले ‘जेड’ समूहमा राखेको थियो। ग्रिन डेभलपमेन्ट बैंक भने यसअघि पनि ‘जेड’ समूहमै रहेको थियो। 

२ बर्ष अगाडि

प्रतिक्रिया