कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कित्ता कति ?

असोज ५, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं-  कुमारी बैंक लिमिटेडले आज  मंगलबार देखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । 

कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुल्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८