विश्वमा कोरोना संक्रमित र मृतकको संख्या घट्दैं, सक्रिय संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौं,विश्वमा कोरोना संक्रमितदर र मृत्युदर घट्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९७ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै विश्वभर हाल कोरोना संक्रमितको कुल संख्या २२ करोड ९७ लाख ९९ हजार ७७१ पुगेको छ । 

यस्तै ,सोही अवधीमा विश्वमा  ५ हजार ६७५ जनाको मृत्यु भएको छ । हाल विश्वमा कोरोनाका कारण ४७ लाख १२ हजार ९६५ जनाले ज्यान गुमाइ सकेका छन् । 

वोल्डोमिटरको तथ्यांक अनुसार हाल विश्वभर २० करोड ६४ लाख ५८ हजार ३०३ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विश्वभर ५ लाख ९ हजार ६२ जनाले कोरोना जितेका छन् । 

यसैगरी, हाल सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख २८ हजार ५०३ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया