टीभीएस राइडर १२५ दसैं सम्म नेपाली बजारमा, साढे २ लाख मूल्य पर्ने अनुमान

२ बर्ष अगाडि

काठमाडौं – टीभीएस राइडर १२५ दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने भएको छ । 

केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल राइडर १२५ दसैं भित्रै नेपाली ग्राहकलाई  उपलब्ध गराउने तयारीका साथ कार्य भइरहेको टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स जनाएको छ । 

यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४.८ सीसीको थ्री भल्व, एयरकुल्ड इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जेक्टेड इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकको अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

भारतमा ७७ हजार ५ सय भारु मूल्य रहेको यो बाइक नेपाली बजारमा २ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया