बारा र राैतहटमा महालक्ष्मी लाईफद्वारा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

२ बर्ष अगाडि

महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ ।

रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ । रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा  एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

शंभु सिहं को अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख श्री दिगम्बर प्रसादले  प्रशिक्षण दिनु भएको थियो । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता , रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए । 

त्यसै गरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर श्री विनोद खरेलको संयोजकत्वमा २१ सदस्यीय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ ।

उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज  बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो ।

४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रमुख अतिथी राम प्रसाद गौतमले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख श्री सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया