बेलायमा इन्धन अभाव हुन थालेपछि पेट्रोल पम्पमै कुटाकुट

२ बर्ष अगाडि

पेट्रोल र डिजलको अभाव भएपछि बेलायतमा पेट्रोलपम्पभित्रै कुटाकुट हुन थालेको छ । आपूर्ति व्यवस्थामा भएको भद्रगोलका कारण इन्धन अभाव हुँदा मानिसहरुबीच कुटाकुट हुन थालेको हो । 

सिडलशामस्थित एक पेट्रोल पम्पमा पेट्रोल लिन आएका मानिसबीच मुक्का र लात्ती हानाहान गरेको फुटेज बाहिरीएसँगै इन्धन संकट बढेको समाचार संचारमाध्यमहरुले बताएका छन् । । दुई जनाले पहिला घम्साघम्सी गरेको र पछि मुक्का हानाहान गरेका छन् । यसै क्रममा अर्का एकजनाले उडेर लात्ती हानेको देख्न सकिन्छ ।

उक्त घटनामा एक बाबु–छोराले अर्का एकजना बाबु–छोरासँग हानाहान गरेको समाचारमा उल्लेख छ। उनीहरूले आपसमा जाइलाग्दा अन्य मानिसले ‘कत्ति पनि डिजेल छैन रे’‘ भनेर होहल्ला गरेको सुन्न सकिन्छ ।

ढुवानी चालकको अभावका कारण बेलायतमा पेट्रोल र डिजेल आपूर्तिमा संकट उत्पान्न भएको छ ।  ढुवानी क्षेत्रमा झण्डै ९० हजार चालकको अभाव भएकाले क्रिसमस नजिकिँदै गर्दा इन्धनको संकट देखिन थालेपछि पेट्रोल पम्ममा उपभोक्ताहरूको भीड लाग्न थालेको छ ।

अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि प्रधानमन्त्री बोरिस जोनसनले सामान ढुवानी गर्ने ठूला सवारीसाधनका चालकको तलब बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

त्यस्तै, सरकारी अधिकारीहरूले अवकाशप्राप्त ४० हजार चालकहरूलाई पुनः काममा फर्किन आग्रह गरेका छन् ।

लरी चालकको अभाव भएपछि अन्य मुलुकबाट समेत चालक ल्याउने गरी आप्रवासन नियम खुकुलो बनाउने तयारी समेत भइरहेको समाचारमा उल्लेख छ । आपूर्ति चक्रमा देखिएको संकट समाधानका लागि १० हजार विदेशीलाई तत्काल भिसा दिने तयारी गरिएको छ । यातायात मन्त्री ग्रान्ट शाप्सले आगामी महिनादेखि विदेशीलाई भिसा दिन सुरु गरिने बताएका छन् ।

ढुवानी क्षेत्रमा झण्डै ९० हजार चालकको अभाव भएकाले क्रिसमसको समयमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने चेतावनी बिक्रेताहरूले दिएका छन् । यस्तो अवस्था आउनबाट रोक्न सरकारसँग केबल १० दिन मात्रै बाँकी रहेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

आपूर्ति चक्रमा देखिएको भद्रगोलबीच निराश बन्दै गएका चालकले सडक अवरुद्ध गर्न थालेपछि बिक्रेताहरूले सरकारलाई सचेत गराएको समाचारमा उल्लेख छ । झण्डै १०० वटा पेट्रोल पम्प खाली भएसँगै सरकारले मानिसहरूलाई नआत्तिन आग्रह गरिसकेको छ तर मानिसहरूले इन्धन भर्नका लागि तँछाडमछाड गरिरहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया