नयाँ आर१५ भी४ बजारमा पाँच रङमा उपलब्ध, १ लाख ६७ हजार बढी भारु मूल्य

२ बर्ष अगाडि

काठमाडौं- यामाहा मोटर इन्डियाले हालै भारतमा नयाँ जेनेरेसनको वाईजेडएफ आर१५ भी४ बाइक लन्च गरेको छ । कम्पनीले नयाँ स्पोर्ट्स बाइकसँगै एरोक्स १५५ स्कुटर पनि लन्च गरेको छ । 

लन्चिङको केही दिन भित्रै कम्पनी ग्राहकको लागि नयाँ स्पोर्ट्स बाइक डिलिभरी सुरु गर्न थालेको छ । कम्पनीले यसलाई दुई भेरिएन्ट स्ट्यान्डर्ड र हाई स्पेक एममा लन्च गरेको छ । कम्पनीले यसको मूल्य १ लाख ६७ हजार ८ सयदेखि १ लाख ७९ हजार ८ सय भारु बीच राखेको छ । यो मूल्य कम्पनीको अघिल्लो मोडेल भन्दा १० हजार भारु महँगो छ ।

नयाँ आर१५ भी४ भारतमा पाँच रङमा उपलब्ध छ । बाइकमा अपसाइड डाउन फ्रन्ट फोर्क, ब्लुटुथ कनेक्टिभिटी, यामाहा मोटरसाइकल कनेक्ट र गियर शिफ्ट इन्डिकेटरको साथमा वाईजेडएफ–आर१ बाट प्रेरित नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्रयाक एन्ड स्ट्रिट मोड समावेश गरेको छ ।

बाइकको एक्सटेरियर डिजाइन यामाहा वाईजेडएफ–आर७ बाट प्रभावित भएको देख्न सकिन्छ । नयाँ जेनेरेशन आर१५मा नयाँ रेन्ज टापिङ एम ट्रिम पनि उपलब्ध रहेको छ । जसमा स्ट्यान्डर्ड भेरिएन्टको तुलनामा बढी फिचर समावेश रहेको छ ।

नयाँ स्पोर्टस् बाइकमा १५५ सीसी, ४ स्ट्रोक, लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ इन्जिन उपलब्ध रहेको छ । सो इन्जिनले १०००० आरपीएममा १८।४ पीएसको पावर र ७५०० आरपीएममा १४।२ एनएमको टर्क जेनेरेट गर्छ । भेरिएबल भल्व एक्चुएशनको साथमा फ्युल इन्जेक्टेड मोटरलाई ६ स्पिड गियरबक्समा जोडिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया