जावाको दसैं तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

असोज १३, २०७८ | आजको अर्थ
ajaako_artha

यस दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । 

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर CE द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ । 

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ । 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा.लि को हाल १३ बटा डिलर नेटवर्क रहेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८