आइसिटी अवार्डका ४० बढि स्टार्टअपहरु सम्मिलित इन्नोभेसन फेस्ट सम्पन्न

असोज १८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्टको आयोजना भएको छ । लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागिता रहेको थियो । 

आइसिटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समयअघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा दुई चरणको छनौटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गरेका थिए । प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसनको स्टल रहेको थियो । फेस्टमा आइसिटी क्षेत्रका महत्वपुर्ण व्यत्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा २ हजारबढिले अवलोकन गरेको आयोजकले जनाएको छ । 

स्टार्टअप एण्ड इन्नोभेसन फेस्टमा स्टार्टअप तथा विद्यार्थीहरुले तयार पारेका इन्नोभेटिभ प्रडक्टहरु प्रदर्शनमा राखिएको थियो । ब्लगचेन, विगडेटा, एआई, आइओटी जस्ता नयाँ प्रविधिहरुको समेत प्रयोग गरिएका उल्लेख्य प्रोजेक्टहरु प्रदर्शनमा रहेका थिए । कार्यक्रममा अवालोकनकर्ताले आफुलाई राम्रो लागेको प्रडक्ट तथा स्टार्टअपलाई डिजिटल भोटिङ सिस्टमबाट भोट गरेका थिए ।  फेस्ट कार्यक्रम अन्तर्गत नै शुक्रवार मेन्टरिङ सेसनसमेत सञ्चालन गरिएको थियो । नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गरेका थिए । 

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाई ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आइसिटी अवार्डको जुरी समितिले स्टार्टअप आइसिटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इन्नोभेसन र प्रोडक्ट आइसिटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो । जुरी समितिले विभिन्न चरणको मूल्यांकन पश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ विथ आइसिटी आयोजना गरेको आईसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ । 

यस्ता छन उत्कृष्ट १० स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरु

स्टार्टअप आइसिटी अवार्डको उत्कृष्ट १० मा बगभी सफ्टवेयर टेक्नोलोजिज प्रालि, दुल्वा एक्सपेन्डिचर, हाम्रो लाइफ बैंक, हाउस अफ बुक्स प्रालि, काल्की आईओटी सोलुसन प्रालि, खेती भेन्चर्स प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि, पु¥याउ सर्भिस प्रालि, सजिलो ट्रिप प्रालि, युजी बजार प्रालि पर्न सफल भएका छन् । 

त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डको उत्कृष्ट ११ मा एग्रिक्लियर, आस्क म्याटरब, डिजिज प्रेडिक्सन इन मेज प्लान्ट, इन स्याट, आईओटीमा आधारित इकोनोमिकल एयर प्युरिफायर, मेडिकोज इन्टरनेशनल, मुशुर, ओपन पास्ट पेपर, पीके एग्रो ब्लकचेन र रेन्ट अन बाईक परेका छन् । 

त्यसैगरी प्रडक्ट आईसिटी अवार्डको उत्कृष्ट ११ मा बाटो, बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट प्रालि, खेती फुड एप एण्ड खेती फार्म एप, मिखा, एनआईसी एशिया आईसर्भ, प्यान्टस्याट, राहत, सायक, स्मार्ट वेल्थ प्रो र युजी बजार रहेका छन् ।

उत्कृष्ट १० मा पर्न सफल सहभागीहरूले स्टार्टअप एण्ड इन्नोभेसन फेस्टमा सहभागी हुन पाउनेछन् । यसैगरी प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी भएर उत्कृष्ट ५ छानिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ र फिल्ड भिजिट पनि सञ्चालन हुनेछ । यसैगरी अन्य ८ विधामा जुरी समितिले विभिन्न चरणमा छनौट प्रक्रिया अघि बढाउनेछ ।

आइसिटी अवार्डमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी  अवार्डका अन्य विधाहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर रहेका छन् । आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ को दिन सोल्टी होटलमा आयोजना हुनेछ ।

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन् । पावर्ड वाई स्पोन्सर ह्वावेले स्र्टाअप आइसिटी अवार्ड विधाको विजेतालाई ३ लाख बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्नेछ । 

यस वर्ष आइसिटी अवार्डको शीर्ष प्रायोजक एफवान सफ्ट, इन एसोसिएसन विथमा जिनस, पावर्ड वाई ह्वावे, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइज, इन्टरनेट पार्टनर डिसहोम फाइबर, कम्युनिटी पार्टनर हाम्रो पात्रो रहेका छन । कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, एनएमबी बैंक लगायतको सहकार्य तथा सहयोग रहेको छ । 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८