टेस्लाको साढे २ लाख युनिटका हाराहारीमा कार बिक्री

२ बर्ष अगाडि

काठमाडौं, इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासमा साढे २ लाख युनिटका हाराहारी कार बिक्री गरेको छ। 

कम्पनीले हालै सार्वजनिक गरेको रिपार्टका अनुसार यो अवधिमा कम्पनीले विश्लेषकहरुको अनुमानभन्दा बढी अर्थात २ लाख ४१ हजार ३ सय युनिट कार बिक्री गरेको हो। यसअघि विश्लेषकहरुले यो अवधिमा कम्पनीले २ लाख २० हजार ९ सय इलेक्ट्रिक कार बिक्री गर्ने प्रक्ष्येपण गरेका थिए। 

तेस्रो त्रैमाससम्ममा कम्पनीले २ लाख ३७ हजार ८२३ कार उत्पादन गरेको रिपोर्टमा उल्लेख छ। यसमध्ये २ लाख २८ हजार ८८२ युनिट मोडल थ्री र वाईका थिए। यी मोडलका कार तुलनात्मक रुपमा सस्तो पर्ने मिड रेन्ज अफरिङअन्तर्गत पर्दछन्। बाँकी रहेका ८ हजार ९४१ युनिट कार मोडल एस र एक्सका थिए। 

यसअघिको त्रैमासमा टेस्लाले २ लाख १ हजार २५० युनिट कार डेलिभर गरेको थियो र २ लाख ६ हजार ४२१ युनिट कार उत्पादन गरेको थियो। 

२ बर्ष अगाडि

प्रतिक्रिया